एक सचिवका लागि तीन सिफारिस

सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको समिति बैठकले वरिष्ठ सहसचिवहरू हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठको नाम सिफारिस गरेको हो ।
Advertisement 1
मैनाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा श्रेष्ठ निर्वाचन आयोगमा कार्यरत छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएका तीनमध्ये एकलाई सचिवमा बढुवा गरिने जनाइएको छ ।
प्रकाशित :२०७८ श्रावण १४, बिहीबार ०७:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%