सम्पत्ति विवरण नबुझाउने करीब १७ हजार कर्मचारी अख्तियारको कारबाहीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजार ७४८ जनालाई कारबाही गरेको छ ।यसरी सम्पत्ति विवरण बुझाउन अटेर गर्नेमा सबैभन्दा बढी शिक्षक रहेको देखिन्छ । शिक्षक ७ हजार ६१३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । कारबाहीमा संघीय तहका निजामतितर्फका २ हजार ५०४ जना,निजामति तथा सैनिक प्रहरीबाहेकका १ हजार ४३२ जना र नेपाल प्रहरीका १११ जनालाई अख्तियारले कारवाही गरेको हो ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज बसेको बैठकले सैनिक, निजामति, स्थायी शिक्षक तथा अन्य कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै जनही ५ हजार जरिवाना तिरेर सम्पत्ति विवरण पनि सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रको विवरण अनुसार प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारणा गरेका ५५४ जना तथा स्थानीय तहमा ४ हजार ५३४ जना पनि कारबाहीमा परेका छन् ।

Advertisement 2

आयोगले जरिवाना तिरेर तोकिएको निकायमा सम्पत्ति विवरण पेश गरि सोको एकमुष्ठ जानकारी पठाउन पनि निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा १ मा सार्वजनिक पद धारणा गरेको व्यक्तिले साठी दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था पालना नगर्ने कर्मचारीलाई ऐन अनुसार कारबाही गरिएको आयोगले जनाएको छ ।

प्रकाशित :२०७७ आश्विन ८, बिहीबार १८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry