प्रधानमन्त्री प्रचण्डको मुद्धा विश्वम्भर श्रीमानले हेर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमा आज  प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

Advertisement 1


सो रिटको सुनुवाईका लागि सर्वाेच्चका न्यायधीश विश्वम्भर श्रेष्ठको एकल इजलाशमा पेसी तोकिएको छ । दुई बर्ष अघि प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।

उक्त रिटको इजलास चौथो क्रममा रहेको छ ।

प्रकाशित :२०७९ फाल्गुन २५, बिहीबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry