लघुकथा- परिभाषा

टाउकोमा दुईतिर डोरीले चुल्ठो बाटेकी छे, आँखामा गाजल र निधारमा बजारिया टिका लगाएकी छ – कस्ती नक्कली केटी ! – हजुरबुबाको परिभाषा ।

Advertisement 1

साडी, चोली नलगाएर के कुर्ता सुरुवाल लगाएकी होली ? काँही नभएकी नक्कली केटी – बुबाको परिभाषा ।

. केटी भएर पनि कपाल काटेकी छे, टि सर्ट र जिन्सको पाइन्ट लगाएकी छे, कस्ती नक्कली केटी ! मेरो परिभाषा ।

Advertisement 2

कपडाको नाममा दुई टुक्रा पारदर्शी कपडा लगाएर हिँड्ने अर्धनग्न नक्कली केटी – छोराको परिभाषा ।

आम्मा ! चिउँडोमा मास्क लगाएर अश्लिल नाकमुख देखाएर हिंड्ने नक्कली केटी – नातिको परिभाषा |

प्रकाशित :२०७७ कार्तिक १५, शनिबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry