अन्तर स्थानीय तह सरुवा भएका कर्मचारीहरुले कसरी पाउँछन सरुवा पत्र ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत मंसिर १९ र २० गते एकै पटक स्थानीय तहमा कार्यरत १६१३ जना कर्मचारीहरुको अन्तरस्थानीय तह सरुवा गर्यो । सरुवा भएर पनि पत्र हात नपरे पछि कर्मचारीहरु पत्र कसरी र कहाँबाट हात पर्दछ भन्ने अलमलमा छन् ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने यसरी अन्तरस्थानीय तह सरुवा भएका कर्मचारीहरुले अनलाइनबाटै पत्र लिन पाउने व्यवस्था गरेको छ । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले अन्तर स्थानीय तह कामकाजमा खटाईएका कर्मचारीको पत्र मन्त्रालको वेव साइट mofaga.gov.np/saruwa-letter
Advertisement 2
मा अपलोड गरिएको जनाएको छ ।
Advertisement 3
मन्त्रालयको उक्त लिंकमा गएर राष्ट्रिय किताबखानामा अद्यावद्यिक भए बमोजिमको आफ्नो विवरण,संकेत नम्बर,मोबाइल नम्बर र जन्म मिति प्रविष्ट गर्ने,पत्र डाउनलोड गर्ने अफसनमा क्लिक गर्ने,आफ्नो पत्र डाउनलोड गर्ने र प्रिन्ट गरिएको पत्र आफू कार्यरत स्थानीय तह र कामकाजमा खटाइएको स्थानीय तहमा समेत बुझाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
सामान्यले मोवाइल नम्बर राख्दा सम्पत्ति विवरण बुझाउँदा उल्लेख गरिएको मोबाइल नम्बर राख्नुपर्ने जनाइएको छ । पत्र डाउनलोड गर्दा कुनै समस्या भएमा वा पत्रमा त्रुटि भएमा स्थानीय तह कर्मचारी प्रशासन शाखामा फोन नम्बर ०१–४२००२९९० सम्पर्क राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।