‘घण्टेदेखि हप्ते’ सचिव,पदस्थापनै नभइ अवकाश

सुशासनको नारालाई मूल मन्त्र बनाएको सरकारले सात दिनपछि अनिवार्य अवकाशमा जान लागेका एक सहसचिवको ‘आँशु पुछिदिएको ’ छ । विगतमा महाश्रम शर्मालाई एक दिन, सूर्यप्रसाद आचार्यलाई ३ दिन र शंकरप्रसाद खराललाई ४ दिन, श्री आचार्य, वीरबहादुर राईलाई २० दिनका लागि मात्र सचिव बनाएको नजिरमा टेकेर अर्जुनजंग थापालाई सचिवमा उकालिएको हो ।

Advertisement 1

१० असोजमा शहरी सचिव रवीन्द्रलाई उमेर हद लागेसँगै एउटा प्राविधिक सचिव पद रिक्त छ भने सचिवमा उक्लने प्रतिस्पर्धामा थिए विश्वबाबु पुडासैनी, अर्जुनजंग थापा र सरिता दवाडी । पुडासैनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको भूमिकामा छन् भने थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख र दवाडी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयअन्तर्गत जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशक छिन् । थापा वरिष्ठताका आधारमा दोस्रो नम्बरमा थिए । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढूवाका लागि सहसचिवत्रयको नाम सिफारिस गरेको थियो ।
हिजो बसेको क्याविनेट बैंठकले थापालाई सहसचिवबाट सचिवमा उकालेको हो । उनी कात्तिक ६ गते अष्टमीकै दिन उमेर हद लागेर घर जाँदै छन् । त्यसअघि ४ गतेदेखि नै दशैँको सार्वजनिक बिदा हुने हुँदा उनी पदस्थापन नै नभइ घर जान सचिवको भीडमा थपिएका हुन ।

विगतमा  कोही एक दिने त कोही एक घन्टे सचिव भएका उदाहरण पनि भएका छन् । त्यसकारण थापासँग प्रश्न गर्नु जरुरी छैन, प्रश्न सोझिने मन्त्रिपरिषद्तिरै हो । कसैका हकमा जतिसुकै योग्य भए पनि सचिव बढुवा गर्न नचाहने मन्त्रिपरिषद्, कसैका हकमा किन यति धेरै उदार हुन्छ ?

Advertisement 2

एक घण्टे,एक हप्ते सचिव भएपछि अवकाश लगतै संवैद्यानिक निकायदेखि विभिन्न आयोगतिर नियुक्ति खान सहज हुने र पेन्सन पट्टा केही बृद्धि हुने भएका कारण प्रशासकहरुले यस्तो लोभ गरेका हुनसक्छन् । जस्तो :-२० दिने सचिव वीरबहादुर राईलाई लोकसेवा आयोग, एकदिने सचिव महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बनाइएको थियो ।

 

प्रकाशित :२०८० आश्विन २५, बिहीबार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry