पुरस्कारमा पाएको रकम विद्यालयलाई सहयोग गर्ने यी नर्स

एकजना सामाजिक अभियन्ता तथा नर्सले आफुले पाएको पुरस्कार विद्यालयको भवन बनाउने कार्यमा सहयोग गरेकी छीन। गोसाइँकुण्ड गाउँपालिका,स्याफ्रुबेशी रसुवाकी प्रतिमा तामाङले नीलकण्ठ मा।बिलाई उक्त सहयोग गरेकि हुन । अभियान अन्तर्गत नर्स प्रतिमाले साविक बृद्धिम गाविस तथा हालको गोसाइकुण्ड गाँउपालिका वडा नम्बर ३ स्थित बृद्धिम स्वास्थ्य चौकीलाई अक्सिजन लगायत महत्त्वपूर्ण स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी हुन ।

Advertisement 1

यो महामारीमा रसुवामा पनि अक्सिजनको अभावको कारण ज्यान गुमाउनु पर्ने अबस्था छ । धेरै स्वास्थ सामग्रीको अभाव छ । यहि कुरालाई मध्यनजर गरि नर्स प्रतिमाले आगामी दिनमा मानिसहरुले अकालमा ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य सामग्री वितरण गरेको बताइन ।

सामाजिक अभियन्ता प्रतिमाले बृद्धिम स्वास्थ्य चौकीलाई अक्सिजन १ थान, नेवुलाईजर मेसिन ४ थान , पल्स अक्सिमिटर २ थान , फोल्डिङ बेड १ थान, म्याट्रिस १ थान, पिलो १ थान, सेनिटाईजर २ जार, सर्जिकल माक्स ४ बाकस, वितरण गरेकी हुन् । उनले सरकारको एकद्वार प्रणालीका कारण गोसाईकुण्ड गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष ल्हाक्पा ग्याल्बु तामाङ मार्फत स्वास्थ्य चौकीलाई यी सामाग्री वितरण गरेका हुन ।

Advertisement 2

अब कुनै समय समय मिलेमा उत्तारगया गाँउपालिकामा पनि कार्यक्रम राख्ने ईच्छा रहेको लामाले बताईन् ।

प्रकाशित :२०७८ असार २८, सोमबार १५:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry