रसुवामा पाँच एम्बुलेन्स तयारी अवस्थामा
रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ । शनिबार २४ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
Advertisement 1
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ५९, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्मोमा ११ र बाहिरी जिल्लाका ४ जना रहेका छन् ।कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी हालतमा राखिएको छ । बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो ।
रसुवा जिल्ला भौगोलिक विकट भए पनि अधिकांश स्थानमा मोटरबाटो खुलेका कारण जटिलखाले सङ्क्रमितलाई छिटोभन्दा छिटो सुविधायुक्त अस्पताल पु¥याउन पाँचवटा एम्बुलेन्स तयार गरिएको र नपुग भएको खण्डमा अन्य सवारी साधनसमेत परिचालन गराउने व्यवस्था मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।
Advertisement 2
स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गरी कोरोनाबाट बच्न र बचाउने कार्यमा सचेत रहन आग्रह गर्दै प्रजिअ ढकालले चिकित्सक एवं स्वास्थ्यकर्मीले दिएका सुझावलाई पालना गर्न सबैमा अनुरोध गरेका छन् ।