सर्लाहीमा भव्यताका साथ मनाइँयो २३ औं सशस्त्र प्रहरी दिवस
सशस्त्र प्रहरी बल नं. १० गण सर्लाहीले २३औं सशस्त्र प्रहरी दिवस भब्यताका साथ मनाएको छ।गणले लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध आश्रममा पुर्ण सेवाभावका साथ त्यहाँ रहेका जेष्ठ नागरीक आमा-बुबा, दाजु-भाई तथा दिदि-बहिनीहरुलाई एक कार्यक्रमका बिच फलफुल वितरण गरेको छ।
Advertisement 1
आज आयोजित त्यस कार्यक्रममा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी नेतृत्वमा गणका अन्य अधिकृतहरु सहितले आश्रममा रहेका ५५ जना आश्रीत जनहरुलाई फलफुल वितरण गरेका थिए।उक्त कार्यक्रममा आश्रमकी अध्यक्ष भवानी कोइराला, संरक्षक वासुदेव शरण कोइराला लागयतका अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।
Advertisement 2
यसै गरि सप्ताहव्यापि रुपमा सशस्त्र प्रहरी बल, नेपालले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा जिल्ला भर मन्दिर तथा धार्मिक स्थलहरुको सरसफाई, लागु औषध तथा अन्य दुर्व्यसनी रोकथामका लागी नागरिकहरुमा जनचेतना कार्यक्रम, सीमावासीसँग सशस्त्र प्रहरी बल कार्यक्रम अन्तर्गतका अन्तरक्रियाहरु र भारतीय समकक्षी सीमा सशस्त्र प्रहरी बल र एपिएफ बिच मैत्रीपूर्ण खेलको समेत आयोजना गरेको कुरा उक्त गणका सुचना अधिकारी सहायक गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक उद्भव वनले जनाएका छन।