प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा पर्नुभएका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
Advertisement 1
प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।
यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उहाँको कोरोना पोजेटिभ देखिएको हो ।
Advertisement 2
मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पौडेल हाल होम आइसोलेसनमा बस्नुभएको र दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ ।