हेलम्बुका बाढीपीडितलाई १० लाख बराबरको राहत बितरण
बाढी–पहिरोबाट विस्थापित भएका हेलम्बु गाउँपालिका स्थानीयलाई राहत वितरण गरिएको छ।
Advertisement 1
नेपाल निजामती कर्मचारी संगठनले सिन्धुपाल्चोकका बाढीपीडितलाई ८ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ । हेलम्बु गाउँपालिकाको किउलका बाढी पहिरो पीडितलाई संगठनको टोलीले शनिबार जस्तापाता र स्वास्थ्य सामग्री(हेल्थकिट) बितरण गरेको छ ।
Advertisement 2
पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, आधिकारिक ट्रेड युनियन अध्यक्ष भोला पोखरेल, निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेसहितका पदाधिकारीले बाढीपीडितलाई राहत बितरण गरेका थिए । राहत बितरण गर्न जानुअघि निजामती कर्मचारी संगठनको टोलीलाई शनिबार बिहान एमालेका बरिष्ठ नेता माधव नेपाले बिदाइ गरेका थिए ।
Advertisement 3
‘अहिले बाढी–पहिरोका कारण हेलम्बु गाउँपालिका गाउँ विपत्तिमा परेको छ । पहिरोले सडक भत्किएपछि खाद्य सामग्री ढुवानी गर्न सक्ने अवस्था छैन’, नि अध्यक्ष घिमिरेले भने,‘वैकल्पिक खच्ची सडक पनि लगातारका वर्षाका कारण सवारी गुड्न मुस्किल छ ।’
वर्षाले ठाउँठाउँमा पहिरो जाने र खाल्डो–हिलो बढी भएकोले वैकल्पिक सडकबाट राहत सामग्र पुर्याउन निकै संघर्ष गर्नु परेको उनले बताए ।