करारको कर्मचारीसँग  हाकिमको डेटिङ,पालिकाले काट्यो स्पष्टीकरण पत्र

पछिल्लो समय पूर्वका स्थानीय तहका हाकिमपछि एक पछि अर्काे यौनजन्य गतिविधिमा मुछिएर बदनामी कमाउँदै छन् । झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,माइजोगमाइको प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै रंगीला हर्कतको गतिविधि सेलाउन नपाउँदै फेरि अर्काे पालिकाको हाकिम सार्वजनिकस्थलमा यौनजन्य गतिविधि गरिरहँदा रंगेहात आफ्नै श्रीमतीको फन्दामा परेका छन ।

Advertisement 1

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियो क्लिप छ,झापातिरको। जहाँ एक युवा र एक युवती डेटिङमा लिप्त थिए । त्यहीँ उनको श्रीमती आइपुग्छिन् र तथानाम बोल्छिन्,हानाहान हुन्छ । । यसरी अर्काेको श्रीमतीसँग डेटिङमा लिप्त हुने कर्मचारी हुन मुकुन्द बस्नेत,जो झापास्थित अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको भूमिकामा छन् । पालिकाका अनुसार उनी त्यहाँ विगत चार बर्षदेखि त्यहाँको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा छन ।

परस्त्रीसँग आफ्नो श्रीमान डेटिङ गएको हाकिमको श्रीमतीले भेटेपछि उनीहरुबीच भएको अश्लिल संवाद र गालीको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भइसकेको छ । स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत परस्त्रीसंग आपत्तिजनक अवस्थामा जंगलमा भेटेपछि केहिबेर कुटाकुटसम्म भएको भिडियोमा देखिन्छ ।सार्वजनिक भएको भिडियोमा बस्नेतलाई एकजना महिलाले घाँटीमा समाएको र भुँइमा लडाएको प्रष्ट देख्न सकिन्छ ।

Advertisement 2

भिडियोमा देखिएका कर्मचारी आफ्नै पालिकाका स्वास्थ्य शाखा प्रमुख भएको त्यहाँका मेयर र प्रमुख प्रशासकीय अधिकृतले पृष्टि गरेका छन् । अहेवको यो हर्कत सार्वजनिक भइसकेसँगै पालिकाले  अहेबलाई स्पष्टीकरण सोधिने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले इकर्मचारी डटकमलाई दिएको जानकारी अनुसार आजै बिहान बस्नेतलाई स्पष्टीकरणको पत्र काटिसकिएको बताए ।

Advertisement 3

यस्तै मेयर बलदेवसिंह गोम्देन तामाङ्गले पनि स्पष्टीकरणको पत्र काटिसकेको जानकारी दिएका छन् । स्वास्थ्य शाखा प्रमुख सोही पालिकाको करारका कर्मचारी लिएर डेटिङमा गएको पालिका स्रोतले जनाएको छ । डेटिङमा गएकी महिला पनि पालिकाकै कर्मचारी हुन भन्ने बुझेका छौं,पालिका स्रोतले भन्यो,करारका ती कर्मचारीलाई स्पष्टीकरण सोधिने र सेवाबाट हटाइने पालिकाले जनाएको छ ।

 

प्रकाशित :२०८० आश्विन १२, शुक्रबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry