सञ्चार अन्तर्गत क- कस्ले पाए नियुक्ति ?

विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट चार वर्षका लागि अधिकारी नियुक्त भएका हुन् । सप्तकोशी एफएमका सञ्चालक एव विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेको निधन भएपछि रिक्त रहेको बोर्ड सदस्यमा अधिकारीको नियुक्ति भएको हो । नवनियुक्त सदस्य अधिकारीलाई मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङ, सचिव हरिप्रसाद बस्याललगायतले बधाई तथा शुभकामना प्रदान गरेका छन् । झापाली  अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक भएर पनि काम गरिसकेका छन् ।यस्तै झापाकै माधव विद्रोहीले रासस बोर्ड सदस्यमा नियुक्ति पाएका छन् भने गोरखापत्रको बोर्ड सदस्यमा कृष्ण ओझालाई नियुक्ति दिइएको छ ।

Advertisement 1

यस्तै नेपाल टेलिजिभन बोर्डमा सबनम मुखिया नियुक्त भएकी छिन् । ललितपुर महानगरपालिका– ८ निवासी ५४ वर्षीया मुखिया नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकास लिएकी हुन् । ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक अध्ययन गरेकी मुखियाले दर्जनौँ छोटो तथा फिचर फिल्म निर्माण तथा निर्देशन गरेकी छन् । टीयर्स अफ फियर फिल्मका लागि उनले किम्फ जुरी अवार्ड जितेकी थिइन् ।

प्रकाशित :२०७८ असार २१, सोमबार १८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम