मध्यराती एमाले कर्मचारीहरुबीच पार्टी प्यालेसमा मारामार
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनमा नेतृत्व चयनको बिषयलाई लिएर मारामारको स्थिती बनेको छ । माधव नेपाल खेमाका कर्मचारीहरु बाहिरिएर एकीकृत सरकारी कर्मचारी संगठन बनाइसकेको अबस्थामा समेत एमाले निकट कर्मचारी संगठनमा ओली प्यानलमै दुई गुट देखापरेको हो । वर्तमान अध्यक्ष केदार देवकोटा आफैं अध्यक्षमा दोहोरिन खोजेका छन् भने वर्तमान उपाध्यक्ष लेखनाथ कोइराला अध्यक्ष पद ताकेका छन् । दुबै दावेदारहरुले पदाधिकारी र केन्द्रीय सदस्यमा आ आफ्नो भागबण्डा खोजेपछि उक्त महाधिवेशन कार्यक्रमअनुसार हिजो समापन हुनुपर्नेमा आजसम्मका लागि लम्बिएको हो ।
Advertisement 1
विवाद लम्बिदै जाँदा बबरमहल हाइटमा रहेको कार्की ब्याङ्क्वेटमा भएको महाधिवेशनको हिजो मुख छोडेर तथानाम गाली समेत बर्साइएको प्रतिनिधिहरुले बताएका छन् । कर्मचारीहरुको महाअधिवेशन गर्ने जिम्मेवारी पाएका पूर्व मन्त्री भानुभक्त ढकाललाई कर्मचारीहरुले तँ को होस र लगायत लेख्नै नमिल्ने शब्द प्रयोग गरेर भनेर हलबाटै मुख छाडेका थिए ।
एमालेका स्थायी कमिटि सदस्य समेत रहेका भानुभक्त ढकालले हम्मर लगाउने र भीम रावलको हैसियतमा पुर्याइदिने बताए पछि जिल्ला जिल्लाबाट निर्वाचनमा भाग लिन काठमाडौं आएका प्रतिनिधिहरु निराश र आक्रोशित भएका बताइन्छ ।
महासचिव,कोषाध्यक्षसहित १७ पदाधिकारीमध्ये अधिकांश पदमा लेखनाथले बहुमत खोजेपछि केदार समूहले निर्वाचनमा जानुपर्ने बिषय उठान गरेको थियो । सोही बन्द सत्रमा सहभागि एक प्रतिनिधिका अनुसार,केदारले महासचिवमा युवाचन्द्र घिमिरे र कोषाध्यक्षमा ईश्वर ओझालाई ल्याउनु पर्नेमा दबाब दिइरहेका छन् । यस्तै लेखनाथ समूहले महासचिवमा एकता प्रक्रियाबाट आएका प्रभात साह र कोषाध्यक्षमा अहिलेकै कोषाध्यक्ष गणेश आचार्यलाई दोह्रोउन खोजेपछि विवाद लम्बिएको छ ।
पार्टी इञ्चार्ज ढकाल र पेशागत महासंघका संयोजकलाई बाबुराम थापालाई विवाद मिलाउने हम्मे परेको पछि पूर्व अध्यक्ष पुण्य ढकाल,प्रेम पराजुली,केदार देवकोटा,लेखनाथ कोइराला र बाबुराम थापा सम्मिलित ५ सदस्यीय वार्ता टोली गठन भएको छ । महाधिवेशन प्रतिनिधिहरुलाई अहिले बिहान १० बजे फेरि बोलाइएको छ ।
Advertisement 2
संगठनको १५१ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । जहाँ ५१ जना महिला अट्नेछन् । बरिष्ठ पद भने खारेजी हुने एमाले निकट कर्मचारीले सुनाएका छन् । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भए पनि नेताको गोजीबाट नाम टिपेर नेतृत्व चयन गर्ने प्रक्रिया गलत हुने भन्दै अधिकांश कर्मचारी निर्वाचनको पक्षमा देखिए पनि भवानी दाहाल ,रेबन्त गौतमलाई उपाध्यक्ष बनाएर सम्भवत आज साँझ बालकोट निकटहरु रहेको नेतृत्व चयन गरेर भित्तामा टाँस्ने योजना बनाइएको एक जना प्रतिनिधिले बताएका छन् । यसअघि चितवनमा भएको एमाले महाधिवेशन र अस्ति पोखरामा भएको प्रेस चौतारीको महाधिवेशनमा पनि त्यस्तै गरिएको थियो ।