सरकारी सेवामा काम गर्ने रहर
जिन्दगीमा आमाबाबु पछि सम्मान गर्ने ब्यक्तित्वमा शिक्षकलाई मानियो र सोचिन्थ्यो कि ठूलो भए पछि हुने त शिक्षकै हो। तर हामीलाई पढाउने शिक्षकहरू ४र६ महिनामा हराउने गर्दथे ,किन आउन छोडे शिक्षकहरू भनेको त उनीहरू सरकारी जागिर खान गए भनिन्थ्यो। हुन पनि त्यतिखेर शिक्षकहरूको जागिर सरकारी हुदैनथ्यो। उनीहरूलाई फी को रूपमा विद्यार्थीले पैसा उठाएर तलब दिनु पर्दथ्यो।
Advertisement 1
हाम्रा अग्रजहरूले त झन् फी को रूपमा खाद्यान्न दिने गर्थे रे।हाम्रा पालामा गाऊ घर तिर त्यति पढेलेखेका मानिस नहुने हुदा गाऊ घरमा शिक्षकको जागिर पाउन सहज थियो तर यो जागिर चौतारी जस्तो, राम्रो मौका अन्यत्र आए छोड्यो हिड्यो त्यस्तो प्रवृत्ति थियो। त्यसैले सरकारी जागिर तिर सबैको आकर्षण हुन्थ्यो, मेरो पनि त्यस्तै थियो।जब एस।एल।सी। दिए, लगत्तै खरीदारको कोर्स ल्याएर पढ्न थाली हालें।
लोक सेवाको विज्ञापन खुलेकै थिएन, एसएलसीको रिजल्ट पनि आएकै थिएन खरीदारको कोर्सको तयारी गरे। असार तिर एसएलसीको नतीजा आयो र म उत्तीर्ण पनि भए। ठीक त्यसै बेला लोक सेवा आयोगमा खरीदारको विज्ञापन पनि खुली सकेको रहेछ, सल्लाह गरे जस्तो मेरो रिजल्ट र विज्ञापन संगै भएछन्। फर्म भरे र पुन : तयारी मै लागे। पुष, माघ तिर होला परीक्षा पनि भयो।
Advertisement 2
परीक्षाको तयारी छदै थियो त्यसै पटक नाम निस्क्यो र अन्तर्वार्ता पनि सफल भै पोखरा मै पोस्टिंग भयो। कलेज पनि भर्ना भए, बिहानको शिफ्टमा। त्यसै गरी दुई वर्ष विते र आई ए सकिना साथ नासुको परीक्षा दिए र पास पनि भए र पोस्टिंग पोखरा बाहिर पर्यो एक बर्ष बाहिर बसेर पोखरा सरूवा मिलाएर बीए भर्ना भए। तीन बर्षमा बीए पास गरेर लोक सेवा आयोगमा शाअको परीक्षा दिए तर त्यो पटक नाम निस्केन।मैले सोचें कि मेरो तयारी पुगेनछ। मैले एमए पढ्ने निधो गरे र पोखरामा भरखर एमए खुलेको थियो । एम ए को दोश्रो वर्षमा पढ्दै गर्दा शाअको परीक्षा पुनस्दिए।यस पटक भने लिखित परीक्षा उत्तीर्ण भएछु र अन्तर्वार्ता समेतका लागि काठमाडौं जानु पर्ने हुदा एमएको दोश्रो वर्षको परीक्षा केन्द्र पनि काठमांडौ सारे।
ठूलो रहर र मेहनतका साथ मेरो रूची पूरा भयो र म शाखा अधिकृतमा पास भएं।सरकारी जागिर खाने रहर त खरीदारको नियुक्ति संगै पूरा भएको थियो तर पनि अधिकृत नभै धोको पुगेन।
Advertisement 3
मैले सरकारी जागिर किन रोजे हुंला ? शान र फूर्ति देखाउनरु पैसा कमाउन ? ईज्जत कमाउन ? जनताको सेवा गर्नरु ठूलो मान्छे हुन ? तर उत्तर जे भए पनि सरकारी जागिरमा जागिरको सुरक्षा छ र जागिर पर्यन्त निवृत्तिभरण पाईन्छ भनेर हो।
सुरक्षित जागिर र पेन्सन के वापत हो त भन्दा जनताको सेवक बने बापत हो। स्पष्ट छ मैले पाउने सरकारी सुविधा मेरै सेवाग्राहीले तिरेको करबाट प्राप्त भएको हो र मैले यिनीहरूकै सेवा गर्न जागिर खाएको हुं भन्ने मानसिकताले काम गरेमा त्यही हो जागिरको उद्देश्य।
म त्यही सेवामा तीन दशक काम गरेर सेवा निवृत्त भएको हुं। मैले यत्रो लामो समय काम गर्दा मैले निम्न कुरा मेरा मनमा सोचें कि सोचिन अहिले म आफैलाई प्रश्न गर्न मन लाग्छ।
सेवा निवृत्त पश्चात् म पनि सेवाग्राही हुनेछु अहिले सेवा ग्राहीले जुन पिंडा भोग्नु परेको छ मैले पनि त्यही पिंडा भोग्नु पर्ने छ, त्यसैले त्यसमा सुधार गर्नु पर्छ।
त्यस्तै मैले आफूलाई पूर्वकर्मचारी भनी परिचय नदिईकनै सेवा लिन सक्छु कि सक्दिन ? मैले सेवा प्रदान गर्ने तौर तरीका भन्दा अहिलेको तरीका सरल छ छैन र सरल छैन भने कसरी सरल बनाउन सकिएला भन्ने तर्फ मेरो सोच छ कि छैन ?
यो सोचनीय पाटो भयो सरकारी सेवाको तर यस्तो सोचाई राखेर काम गर्ने कर्मचारी विरलै पाईन्छन्। फेरि हाम्रो समाजका स्वार्थ वेग्लै छन्। सरकारी सेवामा काम गर्ने आफ्ना सन्तानले जे जसरी भए पनि मनग्गे सम्पति जोडोस् भन्ने चाहन्छ भने आफूले सेवा लिनु पर्ने कर्मचारी पारदर्शी होस् भन्ने चाहन्छ हाम्रो समाज ।समाजको यो स्वार्थी अवधारणालाई किमार्थ सही मान्न सकिदैन। जबसम्म समाजले भ्रष्टाचार जस्ता कु-कृत्यलाई समर्थन गर्छ तब सम्म त्यही समाजको प्रतिनिधि भएर आउने कर्मचारी सदाचारी हुन सक्दैन।हाम्रो देशका नीति निर्माता एवं राजनीतिज्ञहरू स्वयंमा कत्तिको पारदर्शी र सदाचारी छन् त्यसमा पनि भरपर्छ सदाचारिताको स्तर।त्यसैले सरकारी जागिर जनताको सेवाको पर्याय हुदाहुदै पनि पारदर्शि छ भन्न मिल्दैन। जब सम्म कानूनको शासन ब्यबहारमा लागू हुदैन तब सम्म भ्रष्टाचार रोक्ने कुरा कागजी मात्र हुने गर्छन्।
जहा सम्म ईज्जत र प्रतिष्ठाको कुरा छ, यो चाही काम गर्ने र सक्षम कर्मचारीमा सम्भव नहुने कुरा हैन। ईज्जत र प्रतिष्ठा राख्न सक्ने कर्मचारीले राख्न सक्छन तर यिनीहरूको चरीत्र बलियो हुनु पर्छ। कमजोर चरीत्रका कर्मचारीले मान प्रतिष्ठा कायम राख्न सक्दैनन्।
हामी कर्मचारीहरूमा एउटा प्रवृत्ति हावी छ, त्यो के हो भने हामीले आफू भन्दा माथिल्लो श्रेणीका कर्मचारीलाई देखावटी रूपमा भए पनि मान सम्मान गर्छौ, चाकडी गर्छौ र आफू भन्दा तल्लो श्रेणीका कर्मचारीबाट मान सम्मान र चाकडीको अपेक्षा गर्छौ । यो प्रवृत्ति नितान्त राम्रो हैन। यसले चाकडी र हिनतावोधको भावनालाई बढोत्तरी गर्छ। हामी सरकारी कर्मचारी हुन खोज्नुमा यो प्रवृत्तिले समेत कुनै न कुनै रूपमा काम गरेको पाईन्छ।
हाकिम भन्ने पदमा बसेकाले मातहतका कर्मचारीलाई नोकरको रूपमा हेर्ने र मातहतकाले मालिकका रूपमा हेर्ने प्रवृत्तिले एउटा सफल टीम वा एउटा पारिवारिक वातावरण हुन दिदैन र यसले संस्थाको लक्ष पूरा गर्न मद्दत गर्दैन।
फेरि हामी सुगममै बसेर पटक पटक बढुवाको प्रतिस्पर्धामा सहभागी हुन चाहन्छौ तर यस्तो प्रवृत्तिबाट कर्मचारीले नेपालको भूगोल ,नेपाली समाज ,नेपाल र नेपालीका समस्या संग साक्षात्कार गर्न सकेका हुदैनन्।यस्ता कर्मचारी नीति निर्माण गर्ने ठाऊमा पुगेमा नेपालको पिंडा र समस्यालाई प्रतिबिम्बित गर्न सक्दैनन्।त्यसैले निश्चित अबधी निश्चित भौगोलिक र दुर्गम स्थानमा नबसी बढुवाको प्रतिस्पर्धामा समेत सामेल हुन नपाईने ब्यबस्था गर्नु उपयुक्त हुन्छ।
त्यसै गरी हामीमा दुर्गममा बस्न भन्दा सुगममा, अन्य कार्यालयमा भन्दा बढी आर्थिक कारोवार हुने स्थानमा बस्न चाहने कुरालाई प्राथमिकता दिन्छौ। यस्ता चाहनाले जनताको सेवाको लागि काम गर्ने कुरा हात्तिको देखाउने दांत जस्तो हुन आउछ। यसै गरी कर्मचारी वृत्तमा राजनीतिक दलको रंग देखिनु पनि उत्तिकै घातक देखिदै आएको छ।सबै बिचारका सेवाग्राहीहरूलाई समान ब्यबहार दिनु पर्ने कर्मचारीले पक्षपात गर्ने कुरा सहज हुने विषय भित्र पर्दैन।
त्यस्तै निजामती सेवालाई दलीय राजनीतिमा ल्याएर कर्मचारीको प्रतीभा र क्षमतालाई ओझेलमा पार्ने आरोप खेप्दै आएका हरेक दलका पक्ष पोषकका रूपमा काम गरीरहेका कर्मचारीका संगठनहरू खारेज गरी आफ्ना पेशागत हक हितका लागि एकमात्र युनीयन राखेर कर्मचारीलाई दलीय राजनीतिबाट पृथक राख्न जरूरी देखिन्छ।
देशमा निजी क्षेत्रले रोजगारीका अवसरहरू सिर्जना गर्न नसकिरहेको अबस्थामा मैले प्रवेश गरेको सरकारी सेवामा यी र यस्तै अनुभवहरू संगाल्दै करीव तीन दशकको अवधी सरकारी सेवामा विताउदै कर्मचारी हुने मेरो रहरले पनि अवकाश लियो। अस्तु।