बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै :- डा रेग्मीको बढुवा निश्चित, अरु को- को बन्दैछन् सचिव ?
केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्ने तयारी गरेको छ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन् ।
Advertisement 1
यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । सो समूहबाट एक–एक जना सचिव बन्नेछन् । आचार्य दुई बर्षदेखि बढूवाको पर्खाइमा छन् । यस अघि उनीभन्दा कनिष्ठ डा पेमनाराण कँडेल सचिवमा बढूवा भएका थिए ।आचार्य अहिले राष्ट्रपति चुरे कार्यालयका सदस्य सचिवका रुपमा कार्यरत छन् ।
यस्तै,इन्जिनियरिङ सेवातर्फ सहसचिव प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम सिफारिस भएको छ । सिनियरका आधारमा बढूवा गरिए सुशीलचन्द्र तिवारी सचिवमा बढुवा हुनेछन् ।मन्त्रिपरिषद्ले बरिष्ठकै आधारमा सहसचिवलाई बढुवा गरेको खण्डमा डा कृष्ण आचार्य र सुशीलचन्द्र तिवारी सचिवमा बढुवा हुनेछन् । यस्तै, प्रशासन सेवाबाट सिफारिस भएका सहसचिव डा।दामोदर रेग्मी सचिव बन्दैछन् । यस्तै प्रशासन सेवाबाट गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करमध्येबाट एक जना सचिव बन्नेछन् ।