३४९ कर्मचारी करार सेवामा भर्ती गरिने विज्ञापन रद्ध

नेपाल विद्युत् प्राधिकरणले गत पुस १ गते करार सेवामा ३ सय ४९ जना कर्मचारी करारमा नियुक्त गर्नेका लागि गरेको विज्ञापन रद्ध गरेको हो । प्राधिकरणले अधिकृतस्तरका ४० र सहायक स्तरका ३०९ गरी जम्मा ३४९ कर्मचारीलाई एक बर्षका लागि करार सेवामा नियुक्त गर्न लागेको थियो ।
प्राधिकरणले सो विज्ञापन प्रकाशन गरेसँगै नेपाल विद्युत् प्राधिकरणको क्रियाशील ट्रेड युनियनहरुले विज्ञापन खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिँदै आएका थिए । उनीहरुले प्राधिकरणमा आठ हजार एक सय ६३ जना स्थायी कर्मचारीमध्ये केही दक्ष जनशक्ति जिम्मेवारीविहीन अवस्थामा रहेको, दुई हजार ८ सय १३ अहिले पनि दैीनक ज्यालादारीमा कार्यरत रहेको गोटा गन्तीका ६ सय ३३ जना कर्मचारीको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका थिए ।
Advertisement 1
प्राधिकरणभित्रकै कर्मचारी ट्रेड युनियनहरुको विरोध पछि नेपाल विद्युत् प्राधिकरणले करार सेवामा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापन रद्द गरेको छ।
Advertisement 2
विज्ञापन आह्वान भएको पाँच दिनपछि प्राधिकरणले ती सबै विज्ञापन रद्द गरेको हो।