दुई सहसचिव सचिवमा बढुवा

न्याय सेवा आयोगले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । न्याय सेवा आयोगको बैठकले दुई जना सहसचिवलाई बढुवा गरेको हो ।

Advertisement 1

बढुवा हुनेमा श्याम कुमार भट्टराई र तोयानाथ अधिकारी छन् । भट्टराई महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ताका रुपमा कार्यरत थिए भने अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव । बढुवासँगै भट्टराईलाई महान्याधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ । यस्तै बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव सरुवा गरेको छ । तत्कालिनसचिव ऋषिराज भण्डारी न्यायाधीशमा सिफारिस भएपछि आयोगले रिक्त सचिव पदमा सापकोटालाई पठाएको हो । त्यसैगरी बैठकले सरकारी वकिल समूहका केही कर्मचारीको पनि सरुवा गरेको छ ।

Advertisement 2

प्रकाशित :२०७७ चैत्र ६, शुक्रबार ०७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry