निजामती सेवाका यी तीन कमाण्डर, जस्ले पढेका थिए एउटै सरकारी विद्यालय

संयोग पनि कस्तो सिंहदरबारभित्रका ३ कमाण्डर, एउटै सरकारी विद्यालय पढेका ।

Advertisement 1

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् ।जस्तो एकै जिल्लाका कर्मचारी एकै पटक देशका ५ जिल्लाका सिडीओ बनेर रेकर्ड कायम गरेका छन् । यस्तै एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए ।

एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ विद्यार्थीहरु सचिव बनेर प्रशासन संयन्त्र चलाएका थिए दिनेशकुमार थपलिया,प्रेम राई,राजीव गौतम,ईश्वर नेपाल र दिनेश घिमिरेहरुले । जो संखुवासभाको एउटै विद्यालयका विद्यार्थी ।जसमध्ये दिनेश थपलिया,प्रेमकुमार राई,दिनेश घिमिरे,ईश्वर नेपालहरु अहिले पनि सरकारी ओहदामा बाहल छन् । हाल निर्वाचन आयोगको नेतृत्व गरिरहेका प्रमुख आयुक्त दिनेश थपलिया, गृह मन्त्रालयबाट अवकाश पाएर अहिले अख्तियारको प्रमुख आयुक्त रहेका प्रेम कुमार राई , हाल महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक ईश्वर नेपाल र हालै मात्र ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका सचिव दिनेश कुमार घिमिरेदेखि एउटै विद्यालयका विद्यार्थीहरू हुन् । यि सबैले सङ्खुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालय खाँदवारीमा पढेका हुन् ।सोही जिल्लाकै सुरेश अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै अहिले निर्वाचन आयोगको सचिवको जिम्मेवारीमा छन् ।
संखुवासभाकोझैं राजधानी भक्तपुरको एउटै विद्यालयमा अध्ययनरत तीन जना अहिले एकै पटक निजामती सेवाको उच्च ओहदामा कार्यरत छन् ।

Advertisement 2

उनीहरु हुन मणिराम गेलाल,शिशिर कुमार ढुंगना र महेश्वर न्यौपाने । यी तिनै जनाले भक्तपुरमा अवस्थित चाँगुनारायण माध्यमिक विद्यालयका विद्यार्थी । सरकारी स्कूलमा अब्बल सरकारी स्कूलभित्र पर्दछ यो विद्यालय,जहाँबाट मणिरामले ४० सालमा एसएलसी उत्र्तीण गरेका थिए भने शिशिर कुमार ढुंगनाले ४२ सालमा र महेश्वर न्यौपानेले ०४६ सालमा एसएलसी उत्र्तीण गरेका थिए ।
जसमध्ये महेश्वर अहिले गृह सचिवको रुपमा कार्यरत छन् भने शिशिर अर्थ मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् । केही अघि सचिव बढुवा भएका इ मणिराम गेलाल अहिले उर्जा,जलश्रोत तथा सिँचाई मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् ।
सचिव मणिराम गेलालका अनुसार,सोही विद्यालयमा पढेका उमेश ढुंगना अहिले महिला बालबालिका मन्त्रालयमा सह सचिव छन् ।

प्रकाशित :२०७८ असार ५, शनिबार १४:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry