प्रशासकीय प्रमुखको सरुवा र समायोजन संशोधनको जिम्मेवारी प्रदेश सरकारलाई
संघीय मामिला तथा सामान्य प्रशासनले कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्ड तयार गर्दै छ ।
केन्द्रबाटै सिधै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु खटन पटन हुने गरेको भन्दै चर्काे आलोचना भइरँहदा अब प्रमुख प्रशासकीय अधिकृतहरुको खटन पटनको जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्न खोजिएको हो ।
अहिले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय प्रमुख संघ सरकारका कर्मचारी हुन्छन् ।
बनाइँदै गरेको मापदण्डमा स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने लागिएको हो । जस अनुसार,गाउँपालिकामा शाखा अधिकृत, नगरपालिकामा उपसचिव, उपमहनगरपालिका तथा महानगरपालिकामा सहसचिवलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिइँदै आएको छ । अब यिनको खटन पटन वा सरुवाको अधिकार तल्लो तहमा हस्तान्तरण गर्न खोजिएको हो ।
बनाइदै गरेको नयाँ मापदण्डमा मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशमा पठाउँदा पनि सिधै स्थानीय तहमा नपठाएर मुख्यमन्त्री कार्यालयमा कर्मचारी पठाउने र त्यहाँबाट सम्बन्धित स्थानीय तहमा प्रदेशले नै पठाउने व्यवस्था गर्न खोजिएको हो ।
यस्तै समायोजन संशोधनको जिम्मेवारी समेत प्रदेशलाई हस्तान्तरण गर्ने तयारी चल्दैछ ।
प्रस्तावित नयाँ मापदण्डमा स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय प्रमुख एकमुष्ट रूपमा सरुवा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र त्यहाँ गएका अधिकृतहरूलाई मुख्यमन्त्री कार्यालयबाटै खटनपटनको व्यवस्था गर्न खोजिएको हो ।
यस्तै समायोजन संशोधनको सबालमा मन्त्रालयले प्रदेशभित्रको स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन संशोधनको अधिकार प्रदेश सरकारलाई दिने तयारी गरेको छ । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशमा पठाउँदा पनि सिधै स्थानीय तहमा नपठाएर मुख्यमन्त्री कार्यालयमा कर्मचारी पठाउने र त्यहाँबाट सम्बन्धित स्थानीय तहमा प्रदेशले नै पठाउने व्यवस्था गर्न खोजिएको छ ।