सामाजिक कर्मलाई आफ्नो धर्म सम्झने हरिकृष्णको कालिकालाई नमुना गाउँपालिका बनाउने सपना

३० वैशाखका लागि तय भएको स्थानीय तहका निर्वाचनमा राजनीतिक दल तथा उम्मेद्धारहरु आ आफ्ना चुनावी मैदानमा एजेण्डासहित होमिसकेका छन् । देशैभरीझैं ५ वटा पालिका भएको रसुवा जिल्लाको कालिका गाउँपालिकामा समेत चुनावी माहोलले तातेको छ । ५ पालिकामध्ये रसुवाको कालिका गाउँपालिकालाई विशेष महत्वका साथ हेरिएको छ कारण यो पालिकाबाट युवाहरु चुनावी मैदानमा प्रतिष्प्रर्धामा उत्रिएका छन् । नेकपा एमालेले कमल आचार्यलाई मैदानमा उतारेको छ भने काँग्रेसले हरिकृष्ण देवकोटालाई अगाडि सारेको छ । यस्तै माओवादीबाट सोमबहादुर तमाङ मैदानमा छन् । चुनावी मैदानमा होमिएका युवा उम्मेद्धारहरुको आ आफ्नै इतिहास छ ।
कमल शैक्षिक पृष्टभूमिलाई बिट मारेर अहिले चुनावी मैदानमा छन् भने तमाङ पत्रकारिता पृष्टभूमिबाट राजनीतितिर मोडिएका छन् यस्तै विगतमा पर्यटन मजदुर हुँदै उठेका हरिकृष्ण देवकोटा रसुवा काँग्रेसबाट महासमितिको सदस्यसमेत हुन ।
Advertisement 1
रसुवाको ज्याङल्याङमा जन्मिएर पर्यटनको क्षेत्रमा एउटा उचाइ कायम गरेका हरिकृष्ण राजनीतिमा जोडिनुभन्दा अघि सामाजिक कर्ममा समर्पित थिए । उनले यो बीचमा रसुवामा थुप्रै सामाजिक कर्म गरेका छन् ।
उनले यो अवधिमा विभिन्न शैक्षिक संस्थाका लागि भवन निर्माणका साथैं स्वास्थ्य चौकीका लागि भवन निर्माण गर्न काम उनकै प्रयासमा सम्पन्न भएको छ । ५ वटा वडा रहेका कालिका गाउँपालिकाभित्रै पर्ने कटुञ्जेको मनकामना प्रथामिक विद्यालयका लागि ६ कोठे पक्की भवन उनै देवकोटाको सक्रियतामा सम्पन्न भइसकेको छ । जस्ले कटुञ्जेका विद्यार्थीहरुलाई पठन पाठनमा सहजता भएको छ । यस्तै कालिका ४ धुसेनीको सुर्योदय प्राथमिक विद्यालयको भवन निर्माण कार्य गरेका देवकोटाकै सक्रियतामा निलकण्ठ नमुना मा बि जिबजिबेमा रसुवा कम्युनिटि ई लाईब्रेरी निर्माण सम्पन्न भएको थियो । यस्तै निलकणठ नमुना माबि जिबजिबेमा सभाहल र चारकोठे पक्कि भवन निर्माण समेत उनै देवकोटाको प्रयासमा सम्पन्न भएको थियो । यस्तै देवकोटाले अहिलेसम्म रसुवाका १ सय ८० भन्दा बढी बालबालिकालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने कार्य गरेका छन् । यस्तै घोर्मु प्रा वि नौकुण्डको ६ कोठे पक्की भवन निर्माण कार्य उनै देवकोटाको सक्रियतामा सम्पन्न भएको थियो ।
शिक्षा मात्र होइन स्वास्थ्यका क्षेत्रमा समेत उनको प्रयासमा भवन निर्माणका कार्य सम्पन्न भएको छ । जस्को उदाहरणा हो आरुखर्क सामुदायिक स्वास्थ्य केन्द्र को ६ कोठे पक्की भवन,यस्का अलवामा जिबजिबे ग्रामिण अस्पतालमा बन्यो । जहाँका लागि सबैभन्दा पहिला उनै देवकोटाले इसिजी मेसिन,एक्सरे मेसिन,अल्ट्रा साउण्ड मेसिन र बेड लगायतका अत्यावश्क सामान दान गरेका रसुवाबासीका स्वास्थ्य उपचारमा सहजता गराएका थिए ।
Advertisement 2
बिगतमा देवकोटा कुनै सार्वजनिक पद र हैसियतमा नरहँदा नै गरेका सामाजिक कर्म हुन यी । जिल्लाको विकास र समुदायको हितको लागि शिक्षा स्वास्थ्य कृषि लगायतको क्षेत्रमा यति धेरै योगदान गर्ने धेरै कम व्यक्ति मध्ये पर्छन् हरिकृष्ण।बिगतमा कुनै सार्वजनिक पद वा हैसियतमा नरहँदा नै हरिकृष्णले आफ्नै बलबुताले शिक्षा,स्वास्थ्य,पर्यटनका क्षेत्रमा रसुवावासीलाई धेरै ठूलो गुन लगाएका छन् । कुनै स्वार्थ, लोभ वा लालचले भन्दा पनि विशुद्ध समाज सेवा गर्ने र कालिकालाई नमुना गाउँपालिका बनाएर देखाउने योजनाका साथ स्थानीय चुनावमा होमिएको बताउँछन
रसुवाली जनताको जीवनस्तर उकास्ने र समग्र कालिका गाउँपालिकाको बृहत्तर हितमा समर्पित भएर काम गर्न उदेश्यका साथ राजनीतिमा होमिएका देवकोटा परोपकार र सामाजिक कर्मलाई आफ्नो धर्म सम्झन्छन् ।