आइपीओ निष्कासन रोक्न माग गर्दै ज्ञापनपत्र

सान्जेन हाइड्रोपावर कम्पनीका प्रभावित स्थानीयले आइपियो निष्कासन प्रक्रिया रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। यसअघि रसुवागढी हाइड्रोपावर कम्पनीले असार १३ गतेदेखि आइपीयो निष्कासन गर्न अनुमति पाएको थियो। यही अवस्थामा एकैपटक २ कम्पनीले आइपीयो निष्कासन गर्दा आर्थिक अभावका कारण सेयर भर्न नसकिने भन्दै ज्ञापनपत्र बुझाएका हुन्।

Advertisement 1

सान्जेन जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावितको लागि ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

शुक्रबार सान्जेन जलविद्युत् आयोजना मार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाइएको स्थानीय पेम्बा तामाङले  बताए। कोरोना महामारीका कारण सेयर भर्नका लागि स्थानीयसँग रकम नभएको र बैंले पनि ऋण नदिने हुँदा समस्या सिर्जना भएको उनको भनाइ छ। नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीयो बिक्री गर्न लागेको छ। ‘दुवै कम्पनीले एउटै समयमा सेयर निष्कासन गर्नु भनेको स्थानीयलाई यो जलविद्युत कम्पनीको सेयरबाट बञ्चित गराउन खोजिएको हो, यही समय रसुवागढी जलविद्युत कम्पनीले पनि स्थानियले पाउने १०% शेयर यही आषाढ १३ गतेबाट आह्वान गरिसकेको छ र सान्जेन जलविद्युत कम्पनीले पनि यसरी एकैपटक एउटै समयमा यहांका जनतालाई शेयर आह्वान गर्नु भनेको स्थानियलाई यो जलविद्युत कम्पनीको शेयरबाट बंचित गर्ने नियत प्रष्टै देखिन्छ। यसको हामी घोरभर्त्सना गर्दछौं ज्ञापनपत्रमा भनिएको छ।’

Advertisement 2

Covid-19 ले देशको आर्थिक अवस्था अत्यन्त प्रतिकुलतामा पुराएको र बल्ल सहजता तर्फ अगाडी बढ्न शुरु गरेकोले आर्थिक अवस्था केहि सहजता नहुन्जेल सम्मको लागि यस कम्पनीको शेयर आह्वान कार्य स्थागित गरिदिनुहुन अनुरोध गर्दछौ ।

यदि यो अनुरोधलाई बेवास्था गरि आजभोली नै शेयर आहवान गरि स्थानियलाई शेयरबाट बंचित गरेमा हामी स्थानिय आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा भनिएको छ।

Advertisement 3

 

प्रकाशित :२०७९ असार १०, शुक्रबार १९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry