रेल विभागको कमाण्डरमा प्रमिला बज्राचार्य


सरकारले अत्यन्त प्रथामिकतामा राखेको रेल विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागको महानिर्देशकमा प्रमिलादेवी शाक्य बज्राचार्यलाई नयाँ जिम्मेवारी दिइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्र ५८ बर्ष उमेरहदले २०७७ असोज २० मा अवकाश पाएसँगै त्यहाँ बज्राचार्यलाई जिम्मेवारी दिएर पठाइएको हो । मन्त्रालयले असोज १८ गते नै बज्राचार्यलाई रेल विभागको महानिर्देशकमा खटाएको छ । बज्राचार्य भौतिक पूर्वाधार मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख थिइन् । रेल विभाग स्थापनपछि तेस्रो महानिर्देशक हुन् बज्राचार्य ।

प्रकाशित :२०७७ आश्विन २१, बुधबार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry