नेकपाको घर झगडा र आधिकारिक ट्रेड युनियनको निर्वाचन
यही २७ मंसिरमा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचन हुँदैछ । यो पटकको निर्वाचनमा नेकपा र कांग्रेस निकट ट्रेड यूनियनबीच कडा टक्कर पर्ने देखिएको छ । यसअघि असोज २४ गते चुनावको मिति तय गरिएकोमा कोरोना कहरका कारण मिति सारिएको थियो ।
नेकपाको अहिले टाउकोमा मात्र होइन तलैसम्म समस्या छ । टाउकाहरुबीच एकीकरण त भयो तर मन मिल्न सकेको अबस्था छैन् । त्यसमाथि अन्य भातृसंगठनहरुको एकीकरण भइसक्दा समेत कर्मचारीहरुका दुई संगठनबीच एकीकरण हुन सकेको छैन् । अझैं पनि पूर्व माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन र तत्कालिन एमाले निकट निजामती कर्मचारी संगठन अलग अलग अस्तित्वमा छन् । केन्द्रमा नेकपाभित्र देखिएको विवादको कर्मचारी संगठनमा सोझै प्रभाव परेको छ । तत्कालिन माओवादी र एमाले निकट कर्मचारी संगठनका केन्द्रीय र जिल्ला तहका नेताहरु अहिले करिब करिब पानी बाराबारको स्थितिमा पुगको छन् । दुवै संगठनका कार्यालय पनि अलग अलग देखिन्छन् ।
अझैं अहिले त नेकपामा प्रचण्ड गुट र ओली गुटबीचको लफडा टड्कारो छ । त्यसको असर कर्मचारी संगठनको निर्वाचनमा नपर्ने कुरै भएन् । २७ मंसिरको निर्वाचनका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ गते देखि नै सरकारी कार्यालयहरुमा आचार संहिता लागु गरेको छ । कात्तिक २५ देखि नै शाखा अधिकृत र शाखा अधिकृत मुनिका कर्मचारीहरुको सरुवा,बढुवा सबै स्थगन गरेको अबस्था छ ।
Advertisement 1
अघिल्लो चुनावमा एमाले निकट संकटले दुई तिहाई पदमा कब्जा गरेपनि धेरै ठाउँमा झिनो मतले उ निर्वाचित भएको थियो । त्यतिबेला निर्वाचित भएर संगठनबाट आधिकारीक ट्रेड यूनियनमा गएकाहरुले कुनै राम्रो काम गर्न नसकेकाले कर्मचारीहरुले यसपटक संघलाई भोट हाल्ने सम्भावना छ ।
अर्काेतर्फ निर्वाचतमा भाग लिन नपाएको मधेसी कर्मचारी संगठन पनि यतिबेला कांग्रेस निकट संघलाई भोट हाल्ने सम्भावना छ । अघिल्लो चुनावमा संगठनले ४२ सय मतले जितेको थियो । त्यो चुनावमा मधेसी कर्मचारी संगठनले ३६ सय मत ल्याएको थियो ।
Advertisement 2
कर्मचारी समायोजनमा राम्रो भूमिका खेल्न नसकेकोले संगठनप्रति यतिबेला कर्मचारीहरु रुष्ट छन् । आधिकारीक ट्रेड यूनियन भएका पुन्य ढकाल तथा हाल कार्यवहाक अध्यक्ष रहेका भोला पोखरेलले आफ्नो स्वार्थ पुरा गर्ने बाहेक कर्मचारीको हितमा केही गर्न नसकेको आरोप छ ।