सरकारले ५ महिनामै गर्यो १४ अर्ब रकमान्तर,आर्थिक सहायताका नाममै बाढ्यो तीन करोड

सरकारले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा मात्र झण्डै साढे १४ अर्ब रुपैयाँ रकमान्तर तथा निकासा गरेको भेटिएको छ । जसमध्ये आर्थिक सहायताको नाममा मात्र तीन करोड रुपैयाँ बाँडेको विवरण भेटिएको छ ।
अर्थको विवरण अनुसार,साउनमा ६ अर्ब ३६ करोड ९३ लाख ९९ हजार ८ सय ४६ रुपैयाँ, भदौमा २ करोड १६ लाख ९४ हजार ८७ रुपैयाँ, असोजमा ३८ करोड ३१ mलाख ७८५ हजार ७ सय ५१ रुपैयाँ, कात्तिकमा १६ करोड ५ लाख ४४ हजार ९ सय ३१ रुपैयाँ र मंसिरमा ७ अर्ब ४९ करोड ६ लाख ३० हजार ३८७ रुपैयाँ निकासा गरिएको छ।
यस्तै पूर्व राष्ट्रपति डा रामवरण यादवलाई १० लाख, पूर्व प्रधानमन्त्री झलनाथ खनालले ४८ लाख ५० हजार, रघुजी पन्तसमेत तीन जनालाई २७ लाख, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख रकमान्तर गरी आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै कलाकार जेवी टुहुरेको औषधीउपचार वापत छोरी निर्भिका टुहुरेलाई ८ लाख ३० हजार राज्यकोषबाट भुक्तानी भएको छ । बागमती प्रदेशका सांसद यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्च वापत एक लाख २९ हजार ६२५ रुपैयाँ सहयोग गरिएको छ ।

1641367836_602 virement
प्रकाशित :२०७८ पुष २३, शुक्रबार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry