कर्मचारीलाई घुम्न एक महिनाको तलब !

मंगलवार वार्षिक वजेट सार्वजनिक गर्दै आर्थिक योजना मन्त्रीले लुम्बिनी प्रदेशका सरकारी तथा संस्थानमाा कार्यरत कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब दिइने भएको छ ।

Advertisement 1

आन्तरिक पर्यटनमा सघाउ पुर्याउने उदेश्यले सो योजना सञ्चालन गर्न लागिएको र त्यसका लागि प्रदेशले वजेट बिनियोजन गरेको आर्थिक योजना मन्त्रीले बताए । कार्यक्रम अन्तर्गत वर्षमा एकपल्ट सरकारी कर्मचारीलाई एक महिनाको शुरु तलव स्केल दिएर घुम्न प्रोत्साहन गरिने छ ।

पर्यटन क्षेत्रको विकासका लागि होमस्टे स्थापनालाई प्राथमिक्ता दिइने छ । होमस्टेलाई स्तरीय बनाउन तालिमको व्यवस्था गरिने छ । प्रदेश भित्रका ५० पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्धनमा जोड दिइने छ ।

प्रकाशित :२०७८ असार १, मंगलवार १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry