कोषका कर्मचारीहरु आन्दोलित

राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरु आन्दोलित भएका छन् । कोष आवद्ध वामपन्थी प्रगतिशील समूहको संगठन नेपाल राष्ट्रिय कर्मचारी युनियनले संगठन पुनर्गठनसँगै विगतदेखिका माग सम्बोधन नभएको उल्लेख गर्दै १० बुँदे माग कोषका सदस्य सचिवलाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement 1

उनीहरुले स्थायी कर्मचारीको हकमा विनियमबमोजिम लामो समयसम्म बढुवा नगरिएकाले अविलम्ब बढ़ुवाको प्रक्रिया शुरु गर्न माग गरेका छन् ।

Advertisement 2

कर्मचारीले निजी प्रयोजनका लागि प्रयोग हुँदै आएका कोषका सवारी साधन तथा अन्य स्रोतको दुरुपयोगलाई तुरुन्त नियन्त्रण गर्नुपर्ने, कर्मचारी विनियममा सरुवा सम्बन्धी मापदण्ड तयार गरेर मात्र सरुवा गर्नुपर्ने तथा कार्यालय समयभन्दा बाहिर काम गराइने कर्मचारीलाई सट्टा बिदा वा सो अवधिको नियमानुसार सुविधा उपलब्ध गराउनुपर्ने लगायतका मागहरु राखेका छन् ।

उनीहरुले व्यवस्थापनले आफ्ना माग पूरा नगरेमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित :२०७८ आश्विन ६, बुधबार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry