सामाजिक काममा सक्रिय प्रजापति टोखा–९ को वडाअध्यक्षको उम्मेद्धार
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलदेखि उम्मेद्धारहरु मैदानमा उत्रेका छन् । नेपाली काँग्रेसको तर्फबाट टोखा नगरपालिका वडा नं ९ को अध्यक्षका लागि राजन प्रजापति पनि उठेका छन् । उम्मेद्धार प्रजापतिले नयाँ बसपार्क क्षेत्रका व्यवसायीक टहरालाई व्यवस्थित बनाएर सञ्चालन गर्ने बताएका छन् ।
Advertisement 1
प्रजापतिले नयाँ बसपार्कको पुलसँगै जोडिएका व्यवसायीक टहरालाई आफू अध्यक्षमा निर्वाचित भएसँगै व्यवस्थित बनाएर सञ्चालन गर्ने बताएका हुन् । विस २०७४ सालको निर्वाचनमा तत्कालिन नेकपा (एमालें)का उम्मेद्धारसँग झिनो मतअन्तरले पराजित भएका प्रजापतिले पुनः अध्यक्षको उम्मेद्धार बनेका हुन्। विस २०३३ सालमा जन्मिएका राजन नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं ९ का सभापति हुन् । लामो समयदेखि गोँगबु क्षेत्रको सामाजिक काममा सक्रिय उनी मनोहरतीर्थ व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका छन् ।
गोँगबु क्षेत्रको सम्पदा संरक्षणमा लामो समयदेखि अभियान्ताका रुपमा लागेका उनले गोँगबु क्षेत्रमा डिपबोरिङ खनेर ४० घरलाई खानेपानी उपलब्ध गराएका छन् । गोँगबु युवा क्लबको अध्यक्षका रुपमा समेत काम गर्नुभएका प्रजापतिले विष्णुमति क्षेत्रको मुहार फेर्नका लागि विष्णुमति खोलाको किनारामा वृक्षारोपणसमेत गरेका छन्।
Advertisement 2