अब काठमाडौंका सार्वजनिक शौचालयमा पैसा तिर्नुनपर्ने

काठमाडौं। अब काठमाडौं महानगरपालिका क्षेत्रभित्रका शौचालयमा सेवाग्राहीले शुल्क नतिर्नुपर्ने भएको छ। महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अब सेवाग्राहीले शुल्क तिर्नुनपर्ने जानकारी गराएको हो।
Advertisement 1
यसअघि काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक शौचालयमा ५ रुपैयाँ तथा १० रुपैयाँ लाग्दै आएको थियो। ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था भएको छ,’ शुक्रबार जारी सूचनामा उल्लेख छ।
काठमाडौं महानगरपालिकाले शौचालयहरुमा आवश्यकताअनुसार जनशक्ति तथा आवश्यक सरसफाइ सामग्री उपलब्ध गराउने भएकाले अब पैसा नलाग्ने सूचनमा उल्लेख छ।
प्रकाशित :२०८१ जेष्ठ १८, शुक्रबार १२:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%