याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा। याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न भएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित अतिजोखिमयुक्त स्थानमा उक्त निर्माण पूरा गरिएको हो।

Advertisement 1

भोटेकोशी नदीको बाढीले सडक सञ्जाल विच्छेद भएपछि आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडाका बासिन्दाका लागि तुइन नै आवतजावत र अत्यावश्यक सामग्री ढुवानीको एकमात्र विकल्प बन्दै आएको थियो।

तर, तुइनसम्म पुग्ने बाटो क्षतविक्षत भई दुर्घटनाको उच्च जोखिम बढेपछि सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्दै आएका थिए।

Advertisement 2

बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका अधिकांश युवा रोजगारीका क्रममा बाहिर रहेको र विस्थापित स्थानीय काठमाडौँस्थित होल्डिङ सेन्टरमा रहेकाले, सम्भावित दुर्घटना रोक्न छिमेकी आमाछोदिङ्मो गाउँपालिकाले अग्रसरता लिएको हो।

विपद्को समयमा भ्रातृत्व र सहकार्यको सन्देश दिँदै आमाछोदिङ्मो–५ का वडाध्यक्ष दावागोम्बो तामाङ (राम बहादुर)को नेतृत्वमा श्रमदान अभियान सञ्चालन गरिएको थियो।

Advertisement 3

बाटो निर्माणमा आमाछोदिङ्मो गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले संयुक्त रूपमा श्रमदान गरेका थिए।

नयाँ बाटो बनेपछि तुइनसम्मको पहुँच सहज हुनुका साथै खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा ठूलो राहत मिलेको वडाध्यक्ष तामाङले बताए।

बाटो निर्माण भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गर्दै सहयोग पुर्याउने जनप्रतिनिधि, सुरक्षाकर्मी र युवाहरूप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित :२०८३ आश्विन १३, मंगलवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम