२ अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौं। गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन्।
Advertisement 1
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म रु २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए।
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने, खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले जिल्ला धनुषा प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो।
प्रकाशित :२०८३ कार्तिक १३ गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








