बीसौँ एसियाली खेलकुदः पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानविरुद्ध फिल्डिङ गरिरहेको छ।

Advertisement 1

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको हो। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा अफगानिस्तान र जापान रहेका छन्।

यस्तै समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्। समूह ‘ए’ को पहलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो।

प्रकाशित :२०८३ आश्विन ९, शुक्रबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम