पैठारी गरिएको आहारपूरक खाद्य पदार्थ रोक्का

काठमाडौं। योर देल्हि वान ट्रेडर्स, बीरगन्जले भारतबाट पैठारीको लागि बीरगन्ज भन्सार नाकामा ल्याएको आहारपूरक खाद्य पदार्थ (१४.४ Kg या Nutraceuticals GNC Marine Collagen– १००; ४३.२ Kg. या Nutraceuticals GNC Marine Collagen–२००g and १६.२Kg. या Nutraceuticals GNC Fish Oil) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बीरगन्जले निरीक्षण गर्दा प्रोडक्ट दर्ता गरेको Active Ingredients भन्दा फरक विवरण उल्लेख भएको पाईएकोले आयात गर्न नमिल्ने भनि बीरगन्ज भन्सार कार्यालयलाई साउन २० गते प्रतिवेदन पठाईएको व्यहोरा सबैमा जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ।
Advertisement 1
साथै, सम्वन्धित खाद्य व्यवसायीलाई यस विभागमा प्रोडक्ट दर्ता गरेको बाहेकका आहारपूरक खाद्य पदार्थ (Dietary Supplements) आयात तथा बिक्रीवितरण नगर्न नगराउन जानकारी गराईन्छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्न अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम पैठारीका लागि स्वीकृति प्राप्त गरी प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुहुन खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीलाई जानकारी गराईन्छ। सो बमोजिम नगरेको पाईएमा ऐन बमोजिम कारवाही हुने प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी गराएका छन्।
Advertisement 2