आईजीपी नियुक्ति निर्णयविरुद्धको रिट माथेमाको एकल इजलाशमा

सरकारले गत आइतबार नेपाल प्रहरीको प्रमुखमा धीरजप्रताप सिंहलाई नियुक्त गरेसँगै उक्त निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वाेच्चका न्यायधीश सुष्मालता माथेमाको १० नम्बरको इजलाशको चौथो नम्बरमा आज सो मुद्धाको सुनुवाइ हुने भएको छ।

Advertisement 1

No description available.

गत आइतबारको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आइजीपी नियुक्त गरिएकै भोलिपल्ट एआईजी विश्वराज पोखरेलले वारेसमार्फत रिट दायर गरेको थिए । एआइजी पोखरेलले वरिष्ठता मिचेर सिंहको भएको भन्दै उक्त बढुवा बदर गर्न माग राखेका छन् । सिंह अघिल्लो महिना अर्थात गत चैत्रमा मात्र एआइजीमा बढुवा भएका थिए भने पोखरेललाई केपी ओली सरकारले रकेट शैलीमा एआइजीमा बढुवा गरेको थियो । पोखरेल १६ महिना अगाडि नै एआइजीमा बढुवा भएका हुन । यस्तै आइजीका अर्को दावेदार मानिएका सहकुल थापा ९ महिनाअघि एआईजीमा बढुवा भएका थिए । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेश दिएको अवस्थामा आईजीपी प्रकरण नयाँ मोडमा पुग्ने छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ बैशाख २१, बुधबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry