रसुवामा १० दिनका लागि थपियो निषेधाज्ञा

कोभिड–१९ नियन्त्रणका लागि मध्य वैशाखबाट निषेधाज्ञा लगाउन थालिएको थियो। काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो। अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लम्ब्याएर ७ असारसम्म पुर्‍याइएको छ। उपत्यकामा भने खुकुलो गर्न थालिएको छ।

Advertisement 1

तर, रसुवामा जारी निषेधाज्ञाको समयावधि १० दिनका लागि थपिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय रसुवाले निषेधाज्ञाको समयावधि असार १३ गते सम्मका लागि थप गरेको हो ।

Advertisement 2

तत्काल निषेधाज्ञा खोल्न उचित नहुने भन्दै निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय रसुवाका जिल्ला प्रशासन अधिकारी ईश्वरी प्रसाद ढकालले इकर्मचारीलाई जानकारी दिए । निषेधाज्ञा अवधिभर औषधि र अत्यावश्यक सामाग्री खोल्न पाउने जनाइएको छ ।

प्रकाशित :२०७८ जेष्ठ ३१, सोमबार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry