विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट विभिन्न प्रकारका लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

Advertisement 1

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन्।

Advertisement 2

मोरङको कानेपोखरी गाउँपालिका–७ बाट तीन ग्राम २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३१ वर्षीय विवेक राई पक्राउ परेका छन्। झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट एक सय ३० मिलिग्रामसहित ३० वर्षीय विवेक लिम्बू तथा झापा गाउँपालिका–४ चर्तागाछीबाट पाँच ग्राम दुई सय १० मिलिग्रामसहित १७ वर्षीय किशोर पक्राउ परेका छन्।

त्यस्तै, बिर्तामोड नगरपालिका–३ पुरानो भद्रपुर रोडबाट एक ग्राम तीन सय ८० मिलिग्रामसहित २३ वर्षीय अर्जुन राजवंशी तथा झापा गाउँपालिका–४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्रामसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन्।

Advertisement 3

धनुषाको शहीदनगर नगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम पाँच सय ८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भनिने रामबालक पासवान पक्राउ परेका छन्।

पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट गाँजा जस्तो देखिने पदार्थ करिब पाँच सय ग्रामसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट एक ग्राम आठ सय ४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन्।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो १०० ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन्।

यस्तै, बाँकेको डुडुवा गाउँपालिका–२ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्रामसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित :२०८३ भाद्र ७, आईतवार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम