कर्मचारीको तलब बढाउने सर्वोच्चको परमादेशको पुनरावलोकन माग

काठमाडौं। सर्वोच्च अदालतले कर्मचारीको तलब बढाउन दिएको परमादेशविरुद्ध सरकारले पुनरावलोकनको माग गरेको छ। महान्यायधिवक्ताको कार्यालयले सकारकातर्फबाट पुनरावलोकन निवेदन दिएको हो।

Advertisement 1

सरकारले सर्वोच्चको परमादेशविरुद्ध पुनरावलोकनको निवेदन दिने निर्णयसहित गरेको सिफारिसको आधारमा महान्यायधिवक्तको कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दिएको हो।

यसअघि गत असार १० गते सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार कर्मचारीको तलब तोक्न सरकारका नाममा परमादेश जारी गरेको थियो।

प्रकाशित :२०८१ भाद्र ११, मंगलवार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry