करिब १६ खर्ब २० अर्ब हाराहारीको बजेट तयार :- यस्ता छन् कार्यक्रम र प्राथमिकता

aartha manrti

कामचलाउ सरकारका अर्थमन्त्री बिष्णु पौडेलले आज ४ बजे बजेट भाषण गर्दैछन् । मन्त्रिपरिषद्को बैठकले झण्डै १६ खर्ब २० अर्ब हाराहारीको बजेट स्वीकृत गरेको छ । मन्त्रिपरिषद्‍बाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको छ । बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको छ ।

Advertisement 1

राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज दिँउसो सिंहदरबारबाट ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । विगतमा प्रतिनिधि सभामा पेश हुने बजेट अहिले केहीबेरपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयबाट सार्वजनिक हुँदैछ । बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सबै मन्त्रीहरु, मुख्य सचिव,मन्त्रिपरिषदका सदस्यहरु, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा,मुख्यसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट,, योजना आयोगका उपाध्यक्ष, गभर्नर, प्रधानमन्त्री कार्यालयका सचिवहरु, प्रधानमन्त्री कार्यालयका सचिवहरु, अर्थ र राजस्व सचिवका साथै निजी क्षेत्रका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ललाई पनि बजेट सार्वजनिक कार्यक्रममा बोलाइएको छ ।

बजेटको प्रथामिकता कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहने जनाइएको छ । नयाँ अस्पताल निर्माणदेखि स्वास्थ्य सामग्री उत्पादन तथा खरिदमा छुट र सहुलियतका कार्यक्रमहरु समावेश गरिएको छ ।करिब १ करोड मात्रा खोप खरिद गर्ने गरी बजेट विनियोजन गरिएको छ । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।निर्वाचनका लागि सरकारले झण्डै ३० अर्ब रुपैयाँ छुट्याउँदैछ ।
यस्तै साना, मझौला तथा ठुला उद्योग व्यवसायहरुलाई पुरानै अवस्थामा फर्काउन र कोभिडबाट प्रत्यक्ष रुपमा प्रभावित होटल, यातायात तथा सेवा र प्रयटनसँग जोडिएका व्यवसायले समेत बजेटमा प्राथमिकता पाउने भएको छ।

Advertisement 2

निर्माण कार्य सुरु भइसकेका र अध्ययन पूरा भएर आगामी आर्थिक वर्षबाट काम गर्ने गरी झन्डै एक दर्जन सुरुङमार्गमा पनि बजेट विनियोजन गरिएको छ । खासगरी पर्यटन क्षेत्रका उद्यम व्यवसायलाई विभिन्न छुट सुविधा दिने गरी बजेट बनाइएको छ ।
बृद्धभत्ता बढाएर तीन हजारबाट ५ हजार पुर्याउने कार्यक्रम बजेटमा समावेश गरिएको छ । अनाथ बालबालिका, अपांगता भएका व्यक्तिहरु र एकल महिलाका लागि विशेष कार्यक्रम सञ्चालन पनि हुँदैछन् । यस्तै प्रधानमन्त्री जडीबुटी तथा कृषि वन रोजगार कार्यक्रमको घोषणा हुँदैछ । जसअनुरुप वर्षमा कम्तीमा १ लाखलाई रोजगारी दिने लक्ष्य लिईएको छ ।

प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १५:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry