ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई सहुलियतमा खाना

चितवन। ग्यासको अभावका कारण खाना पकाउन समस्या भएका चितवन मेडिकल कलेज परिसरमा बस्ने विद्यार्थी, कर्मचारी तथा मजदुरलाई लक्षित गरी क्यान्टिनले सहुलियत दरमा खाना उपलब्ध गराउन थालेको छ।

Advertisement 1

कलेज परिसरमा सञ्चालित फ्रेन्ड्स रेष्ट्रोले यसअघि रु. १५० मा बिक्री गर्दै आएको सादा खानाको मूल्य घटाएर ग्यास अभावबाट प्रभावितलाई रु. १०० मा उपलब्ध गराउन थालेको हो।

रेष्ट्रोका सञ्चालक कृष्णप्रसाद ढकालका अनुसार ग्यास नपाउँदा आफैं खाना पकाउन कठिनाइ भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहज होस् भन्ने उद्देश्यले सहुलियतमा खाना खुवाउन सुरु गरिएको हो।

Advertisement 2

ग्यासको आपूर्ति प्रभावित भएपछि विशेषगरी होस्टेल तथा डेरा गरेर बस्ने विद्यार्थी र अन्य श्रमिकलाई खाना पकाउन समस्या हुँदै आएको छ। यस्तो अवस्थामा क्यान्टिनले मूल्य घटाएर खाना उपलब्ध गराएपछि उनीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

सञ्चालक ढकालले ग्यास अभावका कारण समस्यामा परेका वर्गलाई लक्षित गर्दै सादा खाना रु. १०० मै उपलब्ध गराउने व्यवस्था गरिएको बताए। यसअघि सोही खानाको मूल्य रु. १५० रहेको थियो।

Advertisement 3

ग्यासको अभावका बीच खाना पकाउन नसक्ने विद्यार्थी तथा श्रमिकका लागि सहुलियत दरको खाना तत्कालीन राहतको माध्यम बनेको छ।

प्रकाशित :२०८३ श्रावण २७, बुधबार १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry