२४ सहसचिवको जिम्मेवारी हेरफेर गरेर सामान्य सचिव पर्यटनतिर

Advertisement 1
काठमाडौंका दुई श्रेष्ठ (जीवनराम श्रेष्ठ र राजेन्द्र श्रेष्ठ) मन्त्रीहरुको तानातानमा परेर अन्तत संघीय मामिला तथा सामान्य प्रशासनबाट सचिव सुरेश अधिकारी पर्यटनमा पुगेका छन् । दुःखमाथि दुःख खेप्नुपर्ने नेपालको प्रशासनिक सेवामा पछिल्लो हैरानी व्यहोर्ने सचिव हुन्, सुरेश अधिकारी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अघिल्लै हप्ता सरुवा भएकोमा राजेन्द्र श्रेष्ठले ‘जानै दिन्न’ भन्दै अत्तो थापेपछि पर्यटन मन्त्री जीवनराम श्रेष्ठले ‘सचिव खाली भएको यत्तिका दिन भइसक्यो, सरुवा भएर पनि किन नआउनुभएको ?’ भन्दै सिभिल हस्पिटलबाट भर्खर फुत्किएका अधिकारीलाई अपहरणकै शैलीमा उठाएर लगेका हुन ।
एउटा सचिवमाथिको यत्रो तानातान किन ? यो कुरा तान्ने र छेक्नेहरूले नै जानुन् । उनै सचिव अधिकारी २४ जना सहसचिवको सरुवा टुंग्याएर सामाज्यबाट पर्यटनमा पुगेका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेको हो ।
सरुवा हुनेहरुमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि रहेका छन् । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ भने नारायणप्रसाद सापकोटालाई त्यहाँ पठाईएको छ । सरुवाको निर्णयमा सही गरेर त्यहाँका सचिव सुरेश अधिकारीले पर्यटनको निम्ति रमाना लिएका छन् भने उनको ठाउँमा पहिला उध्योगका अर्जुन पोख्रेललाई लगिएको छ ।
Advertisement 2
खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव अणप्रसाद न्यौपाने सोही प्रदेशको प्रदेश प्रमुख कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका प्रमुख सचिव झक्कप्रसाद आचार्य र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका कृष्णप्रसाद ज्ञवाली,प्रदेश नीति तथा योजना आयोग जनकपुरका केशवप्रसाद विमली श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,
Advertisement 3
युवा तथा खेलकुद मन्त्रालयका विदुरप्रसाद खनाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका नारायणप्रसाद सापकोटा भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ध्रुवराज पण्डित लुम्बिनी प्रदेश,सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका ज्ञानप्रसाद ढकालउद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश १ का सचिव ईश्वरकुमार गिरी सोही प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगर,सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का बागमती प्रदेश प्रमुखको कार्यालय,ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका रामकुमार श्रेष्ठ ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश,वन तथा वातावरण मन्त्रालयका उध्दवबहादुर घिमिरे वन वातावरण तथा भू–संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश, र वेदकुमार ढकाल उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश,यस्तै सुदूरपश्चिम प्रदेश उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव दिवेशमणी त्रिपाठी वन तथा वातावरण मन्त्रालय,कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहदेवप्रसाद हुमागाईँ भूमि व्यवस्था, कृषि,सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेश,भूमि व्यवस्था,कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा। हरिबहादुर केसी कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृष्णप्रसाद धिताल पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश १,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका सचिव यमलाल भुसाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छन् ।
विवरणअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ का सचिव कालीप्रसाद पराजुली कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय बागमतीका सचिव शिवराम न्यौपाने युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका रामशरण सापकोटा महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालय मधेस प्रदेशमा सरुवा भएका छन् ।