ओलीको स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रिय युवा संघद्धारा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा मंगलबार भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामनासँगै कोभिड १९ बाट सिर्जित रक्त अभावलाई ध्यानमा राख्दै खुला रक्तदान कार्यक्रम राखिएको हो । सप्ताहव्यापी रक्तदान कार्यक्रमको युवा फाँटका इञ्चार्ज तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथी रहेका थिए ।

Advertisement 1

रसुवाबाट उपस्थित हुनेमा युवा संघ इन्चार्ज सज्जन लामा युवा संघ केन्द्रिय सदस्य अर्जुन न्यौपाने नौकुण्ड गापा अध्यक्ष सुरेश थोक्रा युवा नेता साम्देन लामा बिद्यार्थी नेता प्रदीप घले लगाएत उपस्थिति रहेको थियो । यस्तो महान अभियान रसुवामा पनि चाडो भन्दा चाडो भित्राउने सज्जन लामाले बताएका छन् । त्यस्तै राष्ट्रिय युवा संघ नेपाल नौकुण्ड गापा कमिटी अध्यक्ष सुरेश थोक्राले रक्तदान नै जिवनदान भएको भन्दै यदि कसैको रगतले कसैलाइ नयाँ जीवन मिल्छ भने त्यो नै सबैभन्दा ठुलो धर्म भएको बताए ।

साथै रक्तदान गर्न चाहानेहरलाई यस्ता अभियानमा सहभागी हुन समेत आग्रह गरेका छन । त्यस्तै युवासंघ केन्द्रीय सचिवा सदस्य अर्जुन न्यौपानेले मानवताको नाताले पनि रक्तदान गर्नु महत्वपुर्ण कार्य भएको अभिव्यक्ति दिए ।

प्रकाशित :२०७८ माघ १२, बुधबार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry