बैतडीको शिवलिंग केन्द्रविन्दु भएर भूकम्प

Earthquake

काठमाडौं। बैतडीको शिवलिंग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ।

Advertisement 1

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेटमा बैतडीको शिवलिंग आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

Advertisement 2

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो।

प्रकाशित :२०८१ आश्विन ६, आईतवार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry