नागरिक सुरक्षामा प्रकाशको एक्सन – गुण्डाहरु त्यसै थर्कमान !

अञ्जनकुमार `हिमाली´
अपराधी प्रकाश, जून शब्दको अर्थनै काफी छ । प्रकाशको अर्थ हुन्छ अन्धकारलाई नष्ट गर्ने तत्त्व, आलोक, ज्योति, तेज, लुकेको वा गोप्य रहेको कुरा प्रकट हुने क्रिया आदि । अर्थ अनेक छ्न तर यी प्रकाश जसले जेन्जी आन्दोलनका नाममा खरानी बनेको गौशाला प्रहरी वृत्तलाई मलमल जस्तै पारिदिए । २०३८ सालमा स्थापना भएको गौशाला प्रहरी वृत्त गत भदौ २४ गतेको अकल्पनीय हिंसाको मुस्लोसंगै जल्न पुग्यो । राजधानी सहित मुलुक अधिकाश स्थानका प्रहरी कार्यालय खरानीमा परिणत भए ।
Advertisement 1
माओवादी सशस्त्र विद्रोह समेत कुनै तारो नबनेका प्रहरी कार्यालय एकाएक धुलीसात पारिए । त्यही मध्येको थियो गौशाला वृत्त । संकटको त्यही घडीमा जिम्मेवारीको भारी बोक्न आइपुगेका थिए डियसपी प्रकाश श्रीमल ।
जिल्ला प्रहरी कार्यालय लमजुङमा सफल कार्यकाल व्यतीत पछि प्रदेश प्रहरी कार्यालयको छोटो बसाइँ अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । विमानस्थलमा यात्रुप्रतिको उनको सदाशयता, मित्रभावले पब्लिकको मन जित्न सफल भएका थिए । उनै श्रीमललाई आपतकालीन यो अवस्थामा गौशाला ल्याइएको थियो । नागरिकसंग निकै राम्रो सम्बन्ध स्थापित गर्न माहिर श्रीमलले खाक बनेका संरचनाहरुलाई स्थानीय नागरिकसंग हातोमालो गर्दै जुरुक्कै पारे । हो, आज शहरमा उनी र मातहतका प्रहरीकै चर्चा छ ।
Advertisement 2
संगठनमा एउटा मात्रै असल र कर्मयोगी पात्र भयो भनेपनि संगठनको साख जोगिन मनग्य हुने रहेछ । जब संगठनप्रति उत्तरदायी, कर्तव्यप्रति इमानदार र निष्ठा अनि नागरिकप्रति बफादार हुनसक्यो भने जस्तोसुकै महाभारत किन आइनपरोस सहज फत्ते गर्न सकिंदो रहेछ भन्ने बलियो उदाहरण हुन महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डियसपी श्रीमल ।
गौशाला एरियालाई काठमाडौंमा अपराधको मुटु मान्दा पनि हुन्छ । पशुपति मन्दिर तीर्थालु भक्तजनको आडमा लुटपाट पार्नेको त्यस्तै उर्वर स्थल । भारतीय मुलका माग्नेहरुको त्यस्तै घनचक्कर । लुटेरा धन्दा चलाउने भारतीय महिला मात्रै हैनन, मोबाइल, सुनका गरगहना लुटपाका साथै त्रिभुवन विमानस्थल एरियामा विदेशबाट फर्किएका यात्रु, अझ विशेष गरी महिला लक्षित लुटपाटमा योजनावद्द लाग्ने काभ्रे नमोबुद्धका गंगाबहादुर तामाङ, कर्नेश तामाङ, तेमाल(८, काभ्रेकै सुजन लामा, राम लामा, अमृत भुलन, रोशन श्रेष्ठहरु पक्राउ परे ।
Advertisement 3
बाघको पन्जाबाट बरु सिकार उम्केला श्रीमलको एरियाबाट कुनै अपराधी उम्कन सक्तैन भनेझै जेन्जी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार २३ पटकसम्म चोरीमा मुद्दा चलेका दिपक गजुरेल पछिल्लो पटक सिनामंगलमा रहेको राजश्री फाइनान्स चोरी फरार भएका थिए । प्रहरीले चाह्यो भने जस्तो सुकै अपराधी पनि उम्कन सक्दैन भनेझैं १० लाख चोरी गरि भागेका गजुरेल पनि श्रीमलको पन्जाबाट उम्कन सकेनन् । त्यही भएर पनि श्रीमल गत मंसीर महिनाको उत्कृष्ट प्रहरी अर्थात् ञपुलिस अफ दि मन्थझ घोषण भएका थिए । आफुलाई सदा नागरिकको सेवक ठान्ने श्रीमल संगठनले आफुप्रति गरेको विश्वासलाई कुनै हालतमा ढग्न नदिई अहोरात्र इमानदारीका साथ नागरिकको सेवामा लाग्ने बताउँछन् ।








