अध्यादेशबाट ल्याएको बजेट सच्याउने जिम्मा नयाँ अर्थसचिवलाई

सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई दिएको छ । उनले सोमबारै पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाई र नवनियुक्त सचिवको स्वागत गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत ल्याएको बजेट यस सरकारले सच्याउने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै पहिलो संसद बैठकमा अध्यादेश विधेयक टेबल भएको छ । प्रतिस्थापन विधेयकबाट बजेट प्रतिस्थापन गर्ने वा सोही बजेट कार्यान्वयनमा लैजाने हो भन्ने टुंगो संसदले लगाइसकेको छैन ।

Advertisement 1

यद्यपि, अर्थमन्त्रालयले अध्यादेशको बजेट सच्याउन भने तयारी गरिरहेको बुझिएको छ ।

प्रकाशित :२०७८ श्रावण १८, सोमबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry