कुलमानको अराजक गतिविधिप्रति आक्रोशित ऊर्जा मन्त्री

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री दीपक खड्का विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको छाडा गतिविधिप्रति आक्रोशित बनेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्री खड्काले घिसिङले सरकारलाई सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

Advertisement 1

सरकारको शतप्रतिशत लगानी रहेको प्राधिकरणको कर्मचारीले सरकारविरुद्ध भाषण गर्दै हिँडिरहेको मन्त्री खड्को भनाइ थियो। मन्त्री खड्काका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले प्राधिकरणका एमडीले अराजक गतिविधि गरिरहेको बताए। सञ्चालक समितिको बैठक बस्दा समितिका सदस्य समयमै मन्त्रालयमा पुग्ने गरेका थिएनन्।

दुई जना सञ्चालकलाई हटाउँदा सर्वोच्च अदालतबाट आदेश ल्याएर पुनर्बहाली भएपछि संकटमा परेका ऊर्जा मन्त्रीले सञ्चालक समितिको बैठक बस्न सजिलो होस् भन्ने उद्यश्यले प्राधिकरणमै आफू पनि बस्नेगरी व्यवस्था मिलाउन लगाएका थिए। त्यसलाई कुलमानलाई नियन्त्रण गर्न प्राधिकरणमै ऊर्जा मन्त्रीले कार्यालय राखेको अर्थ लगाएर प्रचार गरिएको थियो।

Advertisement 2

मंगलबार त्यहीबाट प्राधिरणको विषयमा प्रवेश गरेका मन्त्री खड्काले कुलमानको अराजक गतिविधिमाथि लगाम लगाउनुपर्ने बताए।

ऊर्जा मन्त्री खड्काले संसद्मा व्यक्त गरेको भाषणको अंशः

Advertisement 3

विद्युत् प्राधिकरणमा सञ्चालक समितिका हैसियतले हिजो पनि त्यहाँ बसेको पाइयो। बीचमा नबसेको पाइयो। विभिन्न निकायहरुमा सञ्चालक समितिको अध्यक्षहरु बस्ने गरेको देखिन्छ। सञ्चालक समितिको अध्यक्ष बस्नका लागि एउटा कोठा निर्माण हुँदा के चाँही आकाश खस्यो? यसले हुने के हो?

८ वर्षसम्म भएको एमडीको बारेमा त यहाँहरु जानकार हुनुहुन्छ। आँत्तिनुपर्ने कुरा के छ ? कि त्यहाँ गलत गतिविधि भ एभने प्रश्न गर्न सक्नु हुन्छ । अहिले प्राधिकरणको एमडीका कारण लोडसेडिङ नभएर उत्पात भएको जस्तो मान्नु हुन्छ। तत्कालीन अवस्थामा ८ वर्ष अगाडि नेपालको आवश्यकता, लोडसेडिङ नहुन दिनका लागि साढे ४ सय मेगावाटको आवश्यकता रहेछ। साढे ४ सय मेगावाट भारतबाट ल्याइयो । भारतबाट ल्याउनलाई ट्रान्समिसन लाइन अगाडि बन्नुपथ्र्यो होला नि? त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो? पूर्वमन्त्रीहरु तपाइहरु सबै जान्नुहुन्छ। उहाँ चाँही उत्पात देउता हुनुभो। केही राम्रा काम गर्नुभयो होला, त्यसका लागि उहाँलाई धन्यवाद पुरस्कार के दिनुपर्छ हिउँला। तर, सञ्चालक समिति निर्णय गर्छ उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नु हुन्न। सरकारको सयप्रतिशत लगानीको संस्था छ, भाषण गर्दै हिँड्नुहुन्छ त्यसका कर्मचारी।

तपाईहरु माननीयहरु पनि मन्त्री हुनुहुन्थ्यो, तपाइहरुले पनि केयर गर्नुभएको छ नि? उहाँको अराजक गतिविधिलाई सरकारले सधैं हेरेर बस्ने कुरा त हुँदैन। लगाम त लाउनुपर्छ होला। राम्रो काम गरुन्जेल श्रेय दिउँला, पुरस्कार दिउँला। तर, एउटा कर्मचारीको विषयमा यत्रो प्रश्न उठाउनुपर्ने, यत्रा सम्मानित नेताहरुले के आश्चर्य यस्तो भयो मलाई अचम्म लागेको छ।

अटेरी कुलमान

ठेक्का प्रक्रियामा कुलमानमाथि छानबिन गर्न समिति गठन, किर्तेमा पनि मुछिन सक्ने

प्रकाशित :२०८१ फाल्गुन ६, मंगलवार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry