जागिर लगाइदिने आश्वासनमा किशोरीमाथि पटकपटक बलात्कार, रसुवाका तामाङ सहित ३ पक्राउ

जागिर लगाइदिन्छु भन्दै किशोरीलाई बलात्कार गरेको भेटिएको छ । संखुवासभाकी एक जना १५ वर्षीय किशोरीलाई जागिर लगाइदिने प्रलोभन दिएर काठमाडौंमा ३ जना व्यक्तिले बलात्कार गरेको भेटिएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले रसुवाका ३७ वर्षीय रामचन्द्र तामाङ, ३६ वर्षीय मिङ्गमा तामाङ र संखुवासभाका २६ वर्षीय अजय लिम्बुलाई पक्राउ गरेको छ ।

Advertisement 1

पीडित किशोरी संखुवासभास्थित घरबाट भागेर सुरुमा ललितपुरको सातदोबाटोस्थित एक जना आफन्त कहाँ बसेकी थिइन् ।१५ माघ २०७९ मा संखुवासभास्थित घरबाट भागेर आएकी किशोरी काठमाडौंमा जसको शरण लिएर बसिन्, त्यहीँ पटकपटक बलात्कृत भएकी हुन् ।

तारकेश्वर नगरपालिका–५ मा रहेको कोठामा सुतिरहेका बेला ४ फागुनमा मध्यराति १२ बजेतिर लिम्बु अचानक कोठामा आएको पीडितको भनाइ छ । कसैलाई भने जे पनि गर्ने भन्दै धम्की भएपछि आफू चुपचाप त्यहीँ बसेको उनले बताएकी छन् ।

Advertisement 2

 

प्रकाशित :२०८० असार ४, सोमबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry