महेश बस्नेत गृहमन्त्री बन्दै,बस्नेतको भूमिका कस्तो होला त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । ओली आजै नयाँ मन्त्रीहरुको नाम पक्का गरेर शपथ गराउने तयारीमा रहेको बालुवाटारनिकट स्रोतले छ। नेकपा एमालेका नेता महेश बस्नेत गृहमन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

Advertisement 1

बस्नेत प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । कठिन समयमा उनले ओलीलाई साथ दिदै आएका छन् । आफूले गृहमन्त्री पाउनेमा पनि बस्नेत ढुक्क भएको बुझिएको छ । उनले गृहमन्त्री बनेमा प्रभावकारी काम गरेर देखाउने सन्देश समेत बालुवाटारमा पुर्याएको विश्वस्त स्रोतले बताएको छ । भक्तपुरबाट सांसद समेत भइसकेका बस्नेत जुझारु नेता मानिन्छन् । ओलीको सत्ता संकट टार्न उनी मैदानमा उत्रिएका थिए । तत्कालिन समाजवादी पार्टी फुटाउन डा. सुरेन्द्र यादवको अपहरण भनिएको घटनामा बस्नेत प्रत्यक्ष संलग्न थिए । समाजवादी पार्टी फुटाउने प्रयास असफल भएपछि विवाद बाहिर आएको थियो । उक्त कार्यमा संलग्न उमाशंकर अरगरिया मन्त्री भएका छन् ।

प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry