प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र समाभुखको ध्यानाकर्षण गराएका छन्।
बढ्दो महँगी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको अभाव हटाउन अनुरोध गर्दै उनीहरूले संसद्मा उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए।
बैठकमा समय लिएर नेकपा (एमाले)का सांसद कृपाराम रानाले नेपालको नक्सामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा पछिल्ला दिनमा विभिन्न टीकाटिप्पणी भइरहेकाले स्पष्ट गर्न सरकारसँग अनुरोध गरे।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसद्लाई व्यवस्थित, मर्यादित र नियमावलीबमोजिम सञ्चालन गर्ने सभामुखको इच्छाप्रति सम्मान गर्दै प्रधानमन्त्रीबाट यसअघि संसद्मा जमिन मिचेको सन्दर्भमा व्यक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे।
श्रम संस्कृति पार्टीका ध्रुर्वराज राईले आफूहरुले उठाएका सवालमा सरकारले जवाफ नदिएको र सभामुखले पनि समाधानको विन्दु नखोजेको भनी आपत्ति व्यक्त गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले सुनसरी र सिरहामा हालै भएको घटनामा मृतक र घाइते परिवारसँग भएका सहमतिको कार्यान्वयनका लागि ध्यानाकर्षण गराइन्।
प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार १५:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry