रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

Advertisement 1

पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार आज वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।

यस्तै, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, २०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने कार्यसूची छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ।

Advertisement 2

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ।

प्रकाशित :२०८३ भाद्र ५, शुक्रबार १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम