एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं। स्थानीय निर्वाचनको तयारी र पार्टीलाई सृदृढ बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय भेला सुरु भएको छ।
Advertisement 1
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर दुई दिने भेलाको आज यहाँ उद्घाटन गरे। सो भेलामा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमालेले जनाएको छ।
सो पार्टीका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्ठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार ४१४ जनाको सहभागिता रहने छ।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर २ गते, बुधबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









